न्यायालयभित्रका सबैखाले विकृतिको अन्त्य गर्नु पर्छः नेपाल कानून समाज

न्यायालयभित्रका सबैखाले विकृतिको अन्त्य गर्नु पर्छः नेपाल कानून समाज

केन्द्रबिन्दु
0
Shares

नेपाल कानून समाजले न्यायपालिकाभित्रका विकृतिको अन्त्य गरी न्यायपालिकाप्रति जनताको विश्वास बढाउन आवश्यक रहेको जनाएको छ।

न्यायालयभित्र सुधारको मागसहित नेपाल बार एशोसिएसनको जारी शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै जारी विज्ञप्तिमा समाजले आन्दोलनरत कानून व्यवसायीप्रति अदालत परिसरमै भएको प्रहरी हस्तक्षेपलाई दुर्भाग्यपूर्ण भनेको छ।
 
समाजका अध्यक्ष तीर्थमान शाक्यले एक प्रेस विज्ञप्ति जारी गर्दै न्यायालयभित्र देखिएका सबैखालको विकृतिको अन्त्य हुनुपर्छ भन्नेमा आफूहरु प्रष्ट रहेको उल्लेख गरेका छन्। समाज विगत ४० वर्षदेखि न्यायपालिकासँग सहकार्य गरी जनआस्था वृद्धि गर्न न्यायपालिकाको सुशासन कायम गर्दै आएको संस्था हो।

न्यायालयभित्र उठेका सबै विषयको जवाफ प्रधानन्यायाधीश स्वयंले दिनुपर्नेमा जोड दिँदै समाजले सर्वोच्च अदालतकै न्यायाधीशको समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न र विद्यमान अन्यौललाई अन्त्य गर्न पनि आह्वान गरेको छ।

Skip This
Skip This
Logo