नेपाल बारको आन्दोलनमा हस्ताक्षेप नगर्न प्रधानमन्त्रीको निर्देशन

नेपाल बारको आन्दोलनमा हस्ताक्षेप नगर्न प्रधानमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको दाबी गरिएको छ।

बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वाेच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन गरेको छ। सर्वाेच्चको गेट नै बन्द गरिएको छ भने आन्दोलित कानुन व्यवसायीलाई गेट बाहिर रोकिएको छ। 

प्रधानमन्त्री देउवाबाट गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन आएको बार महासचिव लिलामणि पौडेलले जानकारी दिए। 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले प्रधानमन्त्रीसँग कुरा गरेर गृहमन्त्री र महानिरीक्षकलाई हस्तक्षेप नगर्न भनेको महासचिव पौडेलले बताए। 

शान्तिपूर्ण आन्दोलन गर्न र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नहुने सरकारबाट प्रतिबद्धता आएको उनले बताए। सर्वाेच्चको गेट बन्द गरिएकोबारे सर्वाेच्च प्रशासनलाई भनेर खोल्न लगाउने मन्त्री बडूले प्रतिबद्धता जनाए। 

आन्दोलनलाई सम्बोधन गर्ने क्रममा महासचिव पौडेलले प्रधानन्यायाधीश जबरालाई चुनाव लडेर प्रधानमन्त्री र राष्ट्रपति बन्न चुनौती दिए।न्युज कारखाना

Skip This
Skip This
Logo