नेपाल बारको धर्ना सकियो, सर्वाेच्च छिर्न सेवाग्राहीको लाइन

नेपाल बारको धर्ना सकियो, सर्वाेच्च छिर्न सेवाग्राहीको लाइन

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको शुक्रबारको धर्ना सकिएको छ। 

प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ शुक्रबार कानुन व्यवसायी धर्नामा बसेका थिए। तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए। 

कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेको लगायतका माग राखेर बार निरन्तर आन्दोलनमा उत्रिएको छ। 

बारको शुक्रबारको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वाेच्च अदालत प्रवेश पाएका छन्। सर्वाेच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ।

Skip This
Skip This
Logo