नेपाल–चीन छुट्याउने ११ नम्बर स्तम्भ भेटियोदेखि महिला क्रिकेटर उत्साहितसम्म (भिडियोसहित)

नेपाल–चीन छुट्याउने ११ नम्बर स्तम्भ भेटियोदेखि महिला क्रिकेटर उत्साहितसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमाको ११ नम्बर सीमा स्तम्भ भेटिएको छ । हुम्लाको नाम्खा गाउँपालिका ६ लाम्चाकोमाथि ताकु लेकमा उक्त स्तम्भ भेटिएको हो । प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले उक्त स्तम्भ भेटाएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।

त्यस्तै सरकारी कर्मचारीहरुले सम्पत्ति विवरण बुझाउन अटेरी गरेको पाइएपछि अख्यितार दुरुपयोग अनुसन्धान आयोगले काराबाहीका लागि सिफारिस गरेको छ । आयोगले बुधबार १७ हजार २ सय ८ सरकारी कर्मचारीहरुलाई कारबाहीको निम्ति सिफारिस गरेको हो ।

देशभर परेको अविरल वर्षाका कारण मुलुकका अधिकांश क्षेत्र पुनः प्रभावित भएका छन् । वर्षासँगै आएको बाढी र पहिरोले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको बाढी र पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको ज्यान गएको छ ।

त्यस्तैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा बिहीबार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले त्यस्तो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । अध्ययन कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरिएको छ ।

गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक दिने निर्णय गरेसँगै नेपाली महिला क्रिकेट खेलाडी उत्साहित भएका छन् । संघको बोर्ड बैैठकले तीन श्रेणीमा ग्रेडिङ गरी १९ महिला खेलाडीलाई समावेश गरेको छ । पुरुष क्रिकेटरलाई भने यस अघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले राम्रो सुरुआत भएको प्रतिक्रिया दिएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Skip This
Skip This
Logo