नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताएका छन् । जबराको राजीनामाको माग गर्दै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा रहेका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।
न्यायाधीशहरूले न्यायालयको सुधारको लागि उठाएका आवाजहरू जायज भएको बताउँदै उनले जबराको विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने सुझाव दिएका छन् ।































प्रतिक्रिया