सुदूरपश्चिम प्रदेश: नवनियुक्त प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण

सुदूरपश्चिम प्रदेश: नवनियुक्त प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन् । गत कार्तिक २३ गते प्रदेश प्रमुख नियुक्त भएसँगै शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।

सुदूरपश्चिममा यसअघिका गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए । सरकारले उनलाई हटाएर जोशी नियुक्त गरेको थियो ।

जोशीसहित प्रदेश १ मा परशुराम खापुङ्ग र कर्णाली प्रदेशमा तिलक परियार  शुक्रवार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

Skip This
Skip This
Logo