अन्तिम मिनेटमा भारको सहयोगमा पाएको पेनाल्टी अवसर खेर फाल्दा युरो विजेता इटाली कतार विश्वकप अन्तगर्त युरोपेली छनोटमा स्विट्जरल्यान्डसँग अंक बाँड्न बाध्य भएको छ।
शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९० मिनेटमा पाएको पेनाल्टीलाई मिडफिल्डर जर्जिन्होले बाहिर प्रहार गर्दा इटाली २-१ को अग्रता बनाउन चुकेको हो। यस नतिजासँगै इटालीले सिधै विश्वपकमा छनोट हुने मौका गुमाएको छ।
खेलमा स्विट्जरल्यान्डले सिल्भान विडमेरको गोलबाट ११ औं मिनेटमा अग्रता बनाएको थियो। ३६ मिनेटमा जिओभानी डे लोरेन्जोले बराबरी गोल गरेका थिए। अन्तिम समयमा भारको सहायताले पेनाल्टी पाएपनि इटाली जित निकाल्न सफल भएन।
खेलपछि समूह 'सी'मा सात चरणका खेल सकिँदा इटाली र स्विट्जरल्यान्ड १५/१५ अंकमा साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।
समूह 'सी' को खेलमा नर्थन आयरल्याण्ड र लिथुआनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।































प्रतिक्रिया