द्वारिकलाल चौधरीले भने-‘म एमालेमै छु’

द्वारिकलाल चौधरीले भने-‘म एमालेमै छु’

केन्द्रबिन्दु
0
Shares

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफू नेकपा एमालेमै रहेको प्रष्टीकरण दिएका छन्। गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग बसेर खाना आएको तस्बिर सार्वजनिक भएपछि उनले आइतबार सो प्रष्टीकरण दिएका हुन्। 

इटहरीमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफू अहिले पनि एमालेमै रहेको र नेकपा (एस)मा नगएको बताएका हुन् । ‘माधव नेपाल म कहाँ आउनु भयो । मैले खाना खुवाएको हुँ’, चौधरीले भने, ‘खाना खाएर माधव नेपाल फर्कनुभयो। म नेकपा (एस)मा गएको हल्ला गलत हो। अहिले पनि एमालेमै छु।’

गत शुक्रबार चौधरीलाई भेट्न मुख्यमन्त्री राजेन्द्र राईसहित  अध्यक्ष नेपाल चौधरीकै निवास पुगेका थिए। चौधरी एमालेबाट मेयरमा निर्वाचित भएका नेता हुन्।

तर, माधव नेपालसहित नेकपा (एस)का नेताहरूसँग बसेर खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनले एमाले छाडेको अनुमान गरिएकाे थियाे। 

Skip This
Skip This
Logo