मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ७४ प्रतिशतले बढ्यो

मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ७४ प्रतिशतले बढ्यो

केन्द्रबिन्दु
0
Shares

मनकामना स्मार्ट लघुवित्तले चालु आर्थिक वर्षको खुद नाफा ७३ दशमलव ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ। लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमाससम्म आइपुग्दा मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ७३ दशमलव ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको साेही अवधिमा कम्पनीले २७ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा लघुवित्को खुद ब्याज आम्दानी ४८ दशमलव ३७ प्रतिशतले बढेर एक करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको साेही अवधिमा लघुवित्तले एक करोड ३० लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। असोज मसान्तसम्मा कम्पनीको सञ्चालन आम्दानीमा भने नोक्सान भएको छ। यसअवधिमा कम्पनी ५० लाख १२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ।

लघुवित्तको खराब कर्जा तीन दशमलव ७३ प्रतिशतले बढेर नौ दशमलव ३३ प्रतिशत पुगेको छ। त्यस्तै, लघुवित्तको आम्दानी १५ रुपैयाँ ५५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ०५ पैसा छ।

Skip This
Skip This
Logo