कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबारदेखि कैलालीमा भएको वडा अधिवेशनले जिल्लाका १२५ वडामा नेतृत्व चयन गरेको छ।
जिल्लाका कुल एक सय २६ वडा मध्ये एक सय २३ वडामा नेतृत्व चयन भएको र दुई वडामा मत गणना जारी छ। एक वडामा बीचैमा मतदान रोकिएको कांग्रेस कैलालीका महाधिवेशन प्रचारप्रचार समिति संयोजक नृप सुनारले बताए।
उनका अनुसार कैलालीको गोदावरी नगरपालिका–६ मा मतदान प्रक्रिया सुरू भए पनि बीचैमा स्थगित भएको छ। वडाका १६ जनाको नाम बीचैमा कटौति भएपछि मतदान नै रोकिएको उनले बताए। सुरूमा १६ जनाकै नाम क्रियाशील सदस्यको सूचीमा राखिएको तर मतदान गर्दा उनीहरूको नाम नभेटिएपछि विवादका कारण मतदान रोकिएको संयोजक सुनारले बताए।
सो वडामा वडामा के गर्ने भन्ने विषयमा जिल्ला निर्वाचन समितिले छलफल गरिरहेको उनले बताए। वडा अधिवेशन गर्ने सम्पूर्ण जिम्मा निर्वाचन समितिलाई दिएको भन्दै उनले सो समितिले गरेको निर्णय अनुसार अघि बढ्ने बताए।































प्रतिक्रिया