अधिवेशनका लागि कांग्रेसले तोक्यो सबै प्रदेशमा संयोजक

अधिवेशनका लागि कांग्रेसले तोक्यो सबै प्रदेशमा संयोजक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रदेश अधिवेशनका लागि संयोजक तोकेको छ ।

बुढानीलकण्ठस्थित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बसेको केन्द्रीय समिति बैठकले १६-१७ मंसिरमा हुने प्रदेश निर्वाचनका लागि सात केन्द्रीय नेतालाई संयोजक तोकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  

प्रदेश १ मा पूर्व महामन्त्री कृष्ण सिटौलालाई तोकेको छ । प्रदेश १ को अधिवेशन विराटनगरमा तय गरिएको छ । त्यसैगरी प्रदेश २ मा रमेश रिजाल संयोजक तोकिएका छन् । अधिवेशन स्थल जनकपुर तोकिएको छ ।

बागमतीमा पूर्व महामन्त्री प्रकाशमान सिंह संयोजक तोकिएका छन् । हेटौँडामा अधिवेशन हुनेछ ।  गण्डकी प्रदेशमा पूर्व उपसभापति गोपालमान श्रेष्ठ तोकिएका छन् । अधिवेशन स्थल पोखरा तोकिएको छ ।

लुम्बिनी प्रदेशको बुटवलमा हुने अधिवेशनका लागि गृहमन्त्री बालकृष्ण खाड संयोजक तोकिएका छन् । कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाही संयोजक तोकिएका छन् । सुर्खेतमा अधिवेशन हुनेछ ।  

सुदूरपश्चिममा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू तोकिएका छन् । धनगढीमा अधिवेशन हुनेछ ।

प्रवक्ता शर्माले प्रदेश संरचनामा पहिलो पटक गएकाले अधिवेशन सम्पन्न गर्न नेताहरूलाई संयोजक तोकिएको बताए ।

Skip This
Skip This
Logo