पीडित किसान भन्छन्, ‘बाँदरले अन्नबाली सखाप पार्छ, तर राहत किन पाइँदैन?’

पीडित किसान भन्छन्, ‘बाँदरले अन्नबाली सखाप पार्छ, तर राहत किन पाइँदैन?’

केन्द्रबिन्दु
0
Shares

यसपाली कात्तिकको सुरुवातमा भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएकाे छ। किसानलाई राहत दिनलाई तीनै तहका सरकारले क्षतिको विवरण संकलन गरिरहेका छन्। 

व्यास नगरपालिकाले गरेको पहिलो चौमासिक सार्वजनिक सुनुवाइमा बोल्दै व्यास-१ का नवराज न्यौपानेले बाँदर पीडित किसानले किन राहत नपाउने ? भन्दै प्रश्न गरे। ‘पानीले धान क्षति गर्दा राहत पाइन्छ। तर बाँदरले मेराे तीन रोपनी खेतकाे मकै सक्यो क्षतिपूर्ति पाइँदैन?, उनले साेधे। 

बाँदर नियन्त्रणमा स्थानीय सरकार उदासिन भएको उनको आरोप छ। बाँदर नियन्त्रणमा नगरपालिकाले उपकरणकाे वाचा गरे पनि पूरा नभएकाे उनले बताए।    

राहत विषयलाई मेयर बैकुण्ठ न्यौपानेले सामान्य रुपमा लिए। उनले फिस्स हाँस्दै भने, ‘बाँदरले क्षति पुर्‍याउँदा राहत दियौँ भने थामी नसक्नु होला।’ 

बाँदरले किसानलाई हैरान बनाएको यो प्रतिनिधिमुलक आवाज मात्र हो। गाउँगाउँमा किसानले लगाएको अन्नबाली बाँदरले सखाप पारेको छ। तर, बाँदर नियन्त्रणमा स्थानीय सरकारको चासो छैन।

व्यास-१ का श्रीकृष्ण पन्थले विकासका योजना समयमै सुरु नहुँदा वर्षेनि बजेट फ्रिज भइरहेको बताए। एमाले व्यास नगर कमिटी अध्यक्ष वीरेन्द्र अधिकारीले बजेट वितरण समानुपातिक नभएको बताए।

Skip This
Skip This
Logo