कांग्रेस महाधिवेशन: लेबी नबुझाए उम्मेद्वार बन्न नपाइने

कांग्रेस महाधिवेशन: लेबी नबुझाए उम्मेद्वार बन्न नपाइने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पार्टीमा लेबी नबुझाउने कार्यकर्ता उम्मेदवार बन्न पाउने छैनन्। कांग्रेस लमजुङको बैठकले पार्टीमा लेबी बुझाए मात्र उम्मेद्वारी दिन पाउने निर्णय गरेको हाे।

बैठकले पार्टीको जिल्ला कार्यसमिति र क्षेत्रीय समितिको विभिन्न पदमा रहने पदाधिकारी एवं सदस्यले लेबी नबुझाएसम्म आगामी अधिवेशनमा कुनै पनि पदमा उम्मेद्वार बन्न नपाउने निर्णय गरेको जिल्ला सभापति भेषबहादुर पौडेलले बताए।

अधिवेशनमा क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश क्षेत्रीय प्रतिनिधि वा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्ववार बन्न अनिवार्य लेबी बुझाउनु पर्ने निर्णय भएको उनले बताए।

कांग्रेस लमजुङका अनुसार पार्टीमा जिल्ला कार्यसमितिमा रहेका पदाधिकारी एवं सदस्यले ५ हजारदेखि १५ हजारसम्म लेबी बुझाउनुपर्ने विधानत: प्रावधान छ भने क्षेत्रीय समिति पदाधिकारी एवं सदस्यले पनि ३ हजार रुपैयाँ लेबी तिर्नुपर्ने प्रावधान छ। सो बाहेक पार्टीका तर्फबाट निर्वाचित स्थानीय तह वडा अध्यक्ष एवं वडा सदस्यले पनि पार्टीमा लेवी तिर्नुपर्ने वैधानिक प्रावधान रहेको कांग्रेसले जनाएको छ।

Skip This
Skip This
Logo