तिलिचो ताल घुम्न गएका युवककाे लेक लागेर मृत्यु

तिलिचो ताल घुम्न गएका युवककाे लेक लागेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ।

रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेकाे थियाे।

लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए। तिलिचो ताल (४,९१९ मिटर) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो।

मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकाेप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाेमा उपचारको क्रममा थापाकाे मृत्यु भएको हो।

Skip This
Skip This
Logo