ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी छन् ।
सोमबार ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी हुन् । उनले यही वर्षमा ललितपुरको खोकनामा रुद्रायणीको मन्दिर निर्माण गर्ने बताइन् । मन्त्री भुसालले सांस्कृतिक सम्पदाहरूको पुनः निर्माणको लागि स्थानीय, प्रदेश र संघीय सरकारले पूर्ण सहयोग गर्ने बताइन् ।
मन्त्री भुसालले भनिन्, ‘भूगोल र जनता मात्रै देश हुँदैन, आफ्नो पहिचान भएको हुन्छ । पहिचान भनेको संस्कृति हो, ललितपुर कला, संस्कृति, सम्पदाले अत्यन्तै भरिपूर्ण छ, गत भूकम्पले हाम्रा धेरै सम्पदाहरू ध्वस्त भएका थिए, यसको पुनर्निर्माणको प्रक्रियामा धेरै हामीले मंगलबजार दरबार स्क्वाएरमा भीमसेन, कृष्ण मन्दिर लगायतका धेरै पुनः संरचना भए, बुङमति, रातो मच्छिन्द्रनाथको पुनः निर्माण हुँदैछ, यही वर्ष नै खोकनामा रुद्रायणीको पुनर्निर्माण हुँदैछ, यसले हाम्रो आफ्नो संस्कृति सम्पदालाई भावी सन्ततिलाई हस्तान्तरण गर्ने प्रक्रिया पनि हो, यो पुनर्निर्माण हुने प्रक्रियाले सयौँ, सयौँ वर्षसम्म रहनेछ, यसको झन्डै ४ करोड रुपैयाँ बजेट लागत छ, भक्तालु, श्रद्धालु र सम्पदा प्रेमीहरूको सम्पन्न हुनेछ, यो ललितपुरवासी र नेपालीहरूको लागि नै गर्वको विषय हो, प्रदेश र संघीय सरकारबाट पनि सहयोग गर्नेछौँ ।’
मन्त्री भुसालले कला, संस्कृति राष्ट्रको पहिचान मात्रै नभएर पर्यटकीय स्थल बन्ने विश्वास समेत व्यक्त गरेकी छन् ।





























प्रतिक्रिया