नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, सबै उपसमूहमा हरियाली

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, सबै उपसमूहमा हरियाली

केन्द्रबिन्दु
0
Shares

सोमबार सेयर बजार परिसूचक नेप्से २६.४४ अंकले बढेर २७१५.३५ अंकमा बन्द भएको छ।

सुरुवाती समयदेखि नै उकालो लागेको नेप्से अन्तिम समयमा आएर करिब २६ अंकले बढेर बन्द भएको छ भने  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । । सेन्सिटिभ इन्डेक्स ४.१० अंकले बढेर ५०६.५४ अंकमा बन्द भएको छ।

आज बजारमा ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ४१ हजार ४४३ रुपैयाँ ८४ पैसाको कारोबार भएको छ।

आज नेप्सेमा २२८ कम्पनीको सेयर कारोबारमा आएकोमा १६२ कम्पनीको  सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ। आज ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज १३ वटै उपसमूहमा हरियाली छाएको छ । आज सबै भन्दा बढी कमाउने मा  विकास बैंक २.६४ प्रतिशत, फाइनान्स २.३० प्रतिशत, र व्यापार उपसमूह १.८३ प्रतिशत रहेको छ ।

Skip This
Skip This
Logo