प्रदेश २ मा नेपाल बन्द सफल हुन्छ: महतो

प्रदेश २ मा नेपाल बन्द सफल हुन्छ: महतो

केन्द्रबिन्दु
0
Shares

पेट्रोलियम मूल्य वृद्धिको विरोधमा विप्लव समूहले गरेको नेपाल बन्द आव्हान भव्य रूपमा सफल बनाउने मिथिला स्वायत्त जनपरिषद् प्रमुख पवन महतोले बताएका छन् । मंगलबार हुने बन्द जनताको लागि गरेको हुँदा सबैको सहभागिता उल्लेख्य रहने उनले बताए ।

महोत्तरी लगायत प्रदेश-२ का ८ वटै जिल्लामा बन्द सफल बनाउन आफ्ना नेता, कार्यकर्ता परिचालन भइसकेको बताउँदै उनले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सबै जनालाई ऐक्यबद्धता जनाउन अपिलसमेत गरे ।

प्रदेश २ मा विप्लव समूह अलि कमजोर भए पनि उनीहरूले गरेको बन्दमा सर्वसाधारणको समेत सहभागिता रहने स्थानीयले बताएका छन् ।

एम्बुलेन्स, दमकल जस्ता इमर्जेन्सी सवारी साधन बाहेक अन्य सबै प्रकारका यातायात, शिक्षण संस्था महतोले बताए।

विप्लवको नेपाल बन्द: बारको आन्दोलनमा जाने वकिललाई नरोक्ने, भोलि पनि सर्वोच्चमा धर्ना

मंगलबार नेपाल बन्द गरेको नेत्रविक्रम चन्द 'विप्लव' समूहले नेपाल बार एसोसिएसनको आन्दोलनमा जाने अधिवक्तालाई नरोक्ने भएको छ।

न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार देशव्यापी आन्दोलनमा उत्रिएको छ। प्रधानन्यायाधीश बहिर्गमनका लागि अधिवक्ताहरु दिनहुँ धर्ना र नाराबाजी गरिरहेका छन्। यसैक्रममा मंगलबार घोषित नेपाल बन्दमा आन्दोलन के हुने अन्योलका बीच बार महासचिव लिलामणी पौडेलले सोमबार साँझ विज्ञप्ति जारी गरेर बन्दमा अधिवकतालाई अवरोध नहुने जानकारी गराएका छन्।

विप्लव समूहले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा भोलि नेपाल बन्द आह्वान गरेको छ।

'भोलि विप्लव समूहले नेपाल बन्दको कार्यक्रम राखेको भए पनि कानून व्यवसायीहरुको शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन कालोकोट, बारको लोगो र परिचय पत्रसहित बार एशोसिएशन र अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुलाई कुनै रोक, अवरोध नगर्ने भन्ने अनौपचारिक जानकारी सहमति भएको छ,' विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा सर्वोच्च अदालतलगायत देशभरका सबै कानून व्यवसायीहरुलाई कुनै अवरोध नहुने र नरहने भएकोले सम्पूर्ण कानून व्यवसायीलाई बार र एकाईहरुबाट गरिने कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ।

Logo