काठमाडौं उपत्यकामा नेपाल बन्दको प्रभाव कस्ताे छ?

काठमाडौं उपत्यकामा नेपाल बन्दको प्रभाव कस्ताे छ?

केन्द्रबिन्दु
0
Shares

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दकाे काठमाडाैंमा सामान्य प्रभाव परेकाे छ।

भाडाका सवारी चलेका छैनन्। अन्य निजी सवारी भने निर्वादरूपमा चलेका छन्। बन्दले गर्दा आज बिहानैदेखि यात्रुले सास्ती पाएका छन्। विशेष गरी लामो दूरीबाट यात्रा गरेर काठमाडौं आएका यात्रुले बिहानै सास्ती भोगेका छन्।

विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका छन्। कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरु गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन्।

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ। चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ। 

प्रहरीले सार्वजनिक गाडी फाट्टफुट्ट चलिरहेको जनाएको छ। सार्वजनिक गाडीको संख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन्। बन्दकर्ताहरू सडकमा छैनन्।

देशका अन्य भागमा भने बन्दकाे प्रभाव परेकाे छ। 

File Photo

Skip This
Skip This
Logo