आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्काले उद्घाटन गर्ने

आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्काले उद्घाटन गर्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ। 

सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई-पासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ।

ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन्। परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो। 

गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको विद्युतीय राहदानीका लागि सम्झौता भएको थियो।

Logo