बुधबार सेयर बजार परिसूचक नेप्से १६.९५ अंकले बढेर २८०१.५२ अंकमा बन्द भएको छ।
सुरुवाती समयदेखि नै उकालो लागेको नेप्से अन्तिम समय आएर केही खस्किएको थियो । यद्यपि आजको बजार करिब १७ अंकले बढेर बन्द भएको छ भने ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । । सेन्सिटिभ इन्डेक्स ३.९८ अंकले बढेर ५२५.४४ अंकमा बन्द भएको छ।
आज बजारमा एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर कारोबार हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८१९ रुपैयाँ ६५ पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको हो ।
आज नेप्सेमा २२४ कम्पनीको सेयर कारोबारमा आएकोमा ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ। आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज १३ वट मध्ये ६ वटा उपसमूहमा रातो पोतिएको छ । आज सबै भन्दा बढी कमाउने मा अन्य उपसमूह ५.२९ प्रतिशत, हाइड्रो २.२४ प्रतिशत रहेको छ भने सबै भन्दा बढी गुमाउनेमा विकास बैंक रहेको छ ।































प्रतिक्रिया