नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश घोषणा

नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्तले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। 

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधीलाई वितरण हुनेछ। नेशनल माइक्रोफाइनान्सको हाल कायम चुक्ता पुँजी ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ छ।

शेयरधनीलाई बोनस वितरणपछि चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ। अघिल्लो वर्ष यस लघुवित्तले २१ प्रतिशत बोनस शेयर र छ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गरेको थियो।

Skip This
Skip This
Logo