कतारविरुद्धकाे शृंखला ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल

कतारविरुद्धकाे शृंखला ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ।

दोहामा हुने तेस्रो खेल दिउँसो ३:४५ बजे सुरू हुनेछ। घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला 'क्लिन स्विप' गर्ने दाउमा हुनेछ। 

तीन खेलको शृंखला नेपालले  यसअघि नै २-० ले जितिसकेको छ। नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३-० ले जित्न चाहन्छ। पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो। 

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी शृंखला खेलेको हो। यसपछि नेपाली टोली संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ। 

विश्वकप छनोट भने २२-२८ नोभेम्बरमा दुबईमा आयोजना हुनेछ। 

Skip This
Skip This
Logo