बारलाई नमनाएसम्म प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने न्यायाधीशहरूको निर्णय

बारलाई नमनाएसम्म प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने न्यायाधीशहरूको निर्णय

केन्द्रबिन्दु
0
Shares

पूर्ण बैठक बसेर गोला प्रथाबाट मुद्दा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले नेपाल बार एसोसिएसन र प्रधानन्यायाधीश चन्द्रशमशेर जबराबीच सहमति नभएसम्म जबरासँग बेन्च सेयरिङ नगर्ने सहमति गरेका छन् । 

इजलास फर्कने असन्तुष्ट न्यायाधीशको कदमप्रति नेपाल बारले शंका व्यक्त गरेको भन्दै न्यायाधीशहरूले आफूहरू गोला प्रथाबाट  मुद्दा हेर्न इजलास गए पनि जबरासँगको इजलासमा भने नबस्ने निर्णय गरेका हुन् । 

बैठकपछि न्युज कारखानासँग कुरा गर्दै सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘गोलाप्रथा अनुसार हामी मुद्दा हेर्न इजलास जान्छौँ, तर बार र प्रधानन्यायाधीशबीच सहमति नभएसम्म हामी उहाँ (जबरा) सँग इजलास सेयर गर्दैनौँ ।’

ती न्यायाधीशका अनुसार जबराविरुद्ध बारले थालेको आन्दोलनमा समर्थन स्वरूप यस्तो निर्णय गरिएको हो । 

इजलास नफर्कँदा जनताले सास्ती पाएको भन्दै फर्कन राजी भएको, तर प्रधानन्यायाधीशमाथि बारले उठाएका प्रश्नमा न्यायाधीशहरू एकमत रहेको उनको भनाइ छ ।

Skip This
Skip This
Logo