प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुपले विगत चार वर्षकाे अवधीमा सरकारलाई साढे ४५ अर्ब कर तिरेकाे छ। जसमध्ये आर्थिक वर्ष २०७७/७८ मा मात्र सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको ग्रुपले जनाएकाे छ। याे रकम सरकारले संकलन गरेको कुल राजस्व रकमको १.७३ प्रतिशत हाे।
कोराेना महामारीले अर्थतन्त्रमा पारेकाे असरका बीच पनि अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बढी राजस्व तिरिएको ग्रुपले जनाएकाे हाे।
चौधरी ग्रुपले यस अघि आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, २०७५/७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र २०७६/७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबर कर तिरेको थियो। यसरी हेर्दा पछिल्लो चार आर्थिक वर्षमा मात्र यस ग्रुपले साढे ४५ अर्ब राजस्व बुझाएको देखिन्छ।
नेपालमा चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रमा समेत लगानी गरेकाे छ। ग्रुपका विभिन्न कम्पनीले सरकार उक्त राजस्व योगदान गरेका हुन्।































प्रतिक्रिया