काठमाडौं उपत्यकामा आज १२० जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ९१, भक्तपुरमा १० र ललितपुरमा १९ जना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जना गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४९४ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १८ हजार ५७८ र एन्टीजेनबाट ९५ हजार २७५ पुगेको छ।
नेपालमा हाल ७ हजार ५३९ जना सक्रिय संक्रमित रहेका छन्।































प्रतिक्रिया