बनेपा घोषणा पत्र जारी गर्दै नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो महाधिवेशन सम्पन्न

बनेपा घोषणा पत्र जारी गर्दै नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो महाधिवेशन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय महाधिवेशनले बनेपा घोषणा पत्र जारी गर्दै आफ्नो महाधिवेशन सम्पन्न गरेको छ। सो महाधिवेशनले साहित्यिक, पत्रकार तथा जनमतका प्रधानसम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मतिले ३५ सदस्यीय केन्द्रीय समिति निर्विरोध निवाचित गरेको छ।

काभ्रेको बनेपामा शुक्रबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजू चयन गरेको छ ।

केन्द्रीय सदस्यमा गणेश राई, गायत्रीकुमार चापागाईँ, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा शैलेन्दूप्रकाश नेपाल, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, नवदीप श्रेष्ठ, जगत वाशिष्ठ र रामसुन्दर देउजा छन्। बाँकी सदस्य पछि मनोनयन गरिनेछ। महाधिवेशनले साहित्यिक पत्रकारहरूको दायित्व, हक, अधिकार, चुनौती लगायतका विषयमा बनेपा घोषणा पत्र जारी गरेको छ।

०६३ मा स्थापित सो सङ्घको केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी उप्रेती, डा रेवतीरमण लाल र वासुदेव अधिकारी चयन गरिएको छ।

Skip This
Skip This
Logo