कोरोनाबाट भारतीय रेल राज्यमन्त्रीको निधन

कोरोनाबाट भारतीय रेल राज्यमन्त्रीको निधन

केन्द्रबिन्दु
0
Shares

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना संक्रमणबाट निधन भएको छ । ५ वर्षीय अंगडी दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो ।

१३ दिनअघि (११ सेप्टेम्बरमा) कोरोना पोजिटिभ भएको रिपोर्ट आएपछि उनी अस्पताल भर्ना भएका थिए। उनी आफैँले ट्विट गर्दै संक्रमित भएपछि अस्पताल भर्ना भएको जानकारी दिएका थिए। उनले आफू ठीक भएको भन्दै पछिल्ला केही दिनदेखि आफ्नो सम्पर्कमा आएका सबैलाई जाँच गर्न आग्रह गरेका थिए ।

यसैबीच रेल राज्यमन्त्री अंगडीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । त्यसैगरी पूर्व प्रधानमन्त्री एचडी दैवगौडाले पनि मन्त्री अंगाडीको निधनमा शोक व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo