संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित

संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित

केन्द्रबिन्दु
0
Shares

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ। 

आइतबार सिंहदरबारमा बोलाइएको समितिको सो बैठक कोरम नपुगेपछि आगामी १७ मंसिरमा बस्ने गरी स्थगित गरिएको हो।

कोरम नपुगेपछि समितिको बैठक आगामी १७ मंसिरमा बस्ने गरी स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। उनले एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू महाधिवेशनका कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पारे।

Logo