नेरुडे लघुवित्त वित्तीय संस्थाले १० पुसमा १५औँ साधारणसभा बोलाएको छ। संस्थाले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो।
साधारणसभा प्रयोजनार्थ लघुवित्तले २६ मंसिरदेखि १० पुससम्म बुकक्लोज गर्न लागेको छ।
जसअनुसार २३ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
सभामा हाल कायम चुक्ता पुँजीको २१ दशमलव ४८ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।































प्रतिक्रिया