कोरोना जितेकाहरूको ‘प्लाज्मा दान’ अभियान (भिडियोसहित)

कोरोना जितेकाहरूको ‘प्लाज्मा दान’ अभियान (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् । कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबारदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन् ।

काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड १९ संक्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेका हुन् । उनीहरुले ‘मैले जिते कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारासहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन् । कार्यक्रममा त्रि.वि.शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड १९ संक्रमणबाट मृत्युसँग लडिरहेका विरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान शुरु गरिएको बताए । प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उनले बताए ।

कार्यक्रममा कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले संक्रमितहरुको आत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए । उनीहरुले संक्रमणबाट गम्भिर अवस्थामा पूगेका विरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले आफूहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेको बताए । ‘मिल्नेले दान गरौं नमिल्नेले उत्प्रेरित गरौं सबै लागौं , सँगसँगै लागौं’ भन्दै अभियान शुरु गरिएको उनीहरुको भनाइ छ । भिडियो:

 

 

Skip This
Skip This
Logo