चुरोट खानेको दिमागमा डर पैदा गर्नुहोस्: स्वास्थ्य मन्त्री खतिवडा

चुरोट खानेको दिमागमा डर पैदा गर्नुहोस्: स्वास्थ्य मन्त्री खतिवडा

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य मन्त्री विरोध खतिवडाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि दुर्व्यसनमा लागेकाहरूका मनमा डर पैदा गर्नुपर्ने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चले बुधवार ललितपुरमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले डाक्टरले सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको मनमा डर पैदा गर्नुपर्ने सुझाव दिएका छन् ।

मन्त्री खतिवडाले भने, ‘चुरोट नखानको लागि मान्छेलाई डराउने उपाय गराउने हो कि? डाक्टर कहाँ गएको बेला डाक्टरले के भनी दिनुपर्‍यो भने तिमीले आउँदो १० दिनभित्रमा चुरोट खान छोडिनस् भने त चङ्गा चेट ! यदि ३५ प्रतिशत खराबी मात्रै छ भने पनि डाक्टरले डर देखाएर ९९ प्रतिशत खराब भइसक्यो भनेर डर देखाउने हो कि? यो मेरो सोझो दिमाग मात्र हो हैँ?’

नेपालले सन् २०११ सुर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथाम ऐन ल्याएको थियो । ऐन आएसँगै नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथामका लागि थुप्रै प्रयासहरू भइरहेका छन् । तर पनि सुर्तीजन्य पदार्थ खानेको संख्या घट्नुको साटो झन् बढिरहेको भन्दै मन्त्री खतिवडाले सम्भव भएका सबै उपाय अपनाइसक्दा पनि कम नभएको बताए ।

नेपालले ऐन बनाउनेदेखि ट्याक्स बढाउनेसम्म मात्र नभएर चेतावनीमूलक सन्देश जारी गर्दासम्म प्रयोगकर्ता नघटेको उनको भनाइ छ । ‘सुरुमा ऐन ल्याए घट्छ भनियो त्यो पनि भएन, ट्याक्स बढाए प्रयोगकर्ता घट्ने भनियो त्यो पनि भएन,’ मन्त्री खतिवडाले भने, ‘चेतावनीमूलक सन्देशको फोटो टासौं भन्दा त्यो पनि भएन । अब कसो गरी नियन्त्रण गर्ने हो मैले त केही बुझ्न सकेको छैन ।’

कुलतमुक्त गराउने कुनै औषधि वा उपचार भएर त्यतातिर पनि ध्यान दिन सरोकारवाला निकायलाई निर्देशन दिए । उनले स्वास्थ्य अनुसन्धान परिषद्लाई कुनै औषधि वा उपचारबाट पनि कुलतबाट छुट्कारा गराउन सकिने भए त्यसतिर पनि अनुसन्धान गर्न आग्रह गरे । 

Skip This
Skip This
Logo