स्ट्यान्डर्ड चार्टर्डको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

स्ट्यान्डर्ड चार्टर्डको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

स्ट्यान्डर्ड चार्टर्ड बैंकको १३ दशमलव ०६ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने उद्देश्यले १० मंसिरमा बुक क्लोज गर्दैछ । 

बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित गरी तीन दशमलव ०६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको प्रस्ताव पारित गर्न बैंकले २८ मंसिरमा ३५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा बैंकको आफ्नै प्रधान कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बिहान १० बजे सुरु हुनेछ । 

सभामा बैंकको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पारित हुनेछ।

Logo