एमालेको महाधिवेशन: झापाबाट मात्रै चार महिला केन्द्रीय सदस्यमा

एमालेको महाधिवेशन: झापाबाट मात्रै चार महिला केन्द्रीय सदस्यमा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको दसौँ महाधिवेशनमा झापाका चार जना चेलीहरु केन्द्रीय सदस्य पदमा उनीहरू पनि समेटिएका छन् । पार्टी अध्यक्ष ओलीले सोमबार बिहान सर्वसम्मत प्रस्ताव गरेका केन्द्रीय सदस्य पदमा उनीहरू पनि समेटिएका हुन् । 

पार्टीको केन्द्रीय सदस्यमा प्रस्तावित हुनेका अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष सुनिता बराल, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी चर्चामा रहेका छन् । उनिहरु चारैजना झापा जिल्लका हुन् । यससँगै उपप्रमुख रहेका उप्रेती र अधिकारीले आगामी निर्वाचनमा नगर प्रमुखको उम्मेदवारी पाउने सम्भावना बढेको चर्चा रहेको छ ।

यसअघि केन्द्रीय सदस्यका लागि झापाबाट प्रदेश नं. १ की पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, मेची बहुमुखी क्याम्पसकी प्राध्यापक शुभलक्ष्मी राई र झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य पवित्रा खरेलको नाम समेत चर्चामा थियो । यद्यपि प्रस्तावित सदस्यहरूमा भने उनीहरू अँटाउन सकेनन् ।

आज प्रस्तावित केन्द्रीय सदस्यहरूले पार्टीको विधान बमोजिम महाधिवेशनको निर्वाचन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यससँगै उनीहरूले आफ्नो मनोनयन निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् ।

Logo