आज देशभर बदली, भाेलि केही क्षेत्रमा वर्षाकाे आँकलन

आज देशभर बदली, भाेलि केही क्षेत्रमा वर्षाकाे आँकलन

केन्द्रबिन्दु
0
Shares

अरब सागर र आसपासमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेकाे छ। आज देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।  

राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली  रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। ती प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात सम्भावना पनि रहेकाे महाशाखाले जानकारी दिएकाे छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

मंगलबार
दिउँसो : देशभर आँशिक बदली रहने  छ।

राति:  सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली  रहने छ ।सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार
दिउँसो : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको र सो प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।

राति : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेने। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको र सो प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।

बिहीबार
दिउँसो : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र  बागमति प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेने। सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमति प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको पहाडी भू-भागको केहि स्थानहरुममा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।

राति : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र  बागमति प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेने। सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमति प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको पहाडी भू-भागको केहि स्थानहरुममा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।

आगामी  २४  घण्टाका लागि  चेतावनी  तथा  परामर्श
सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र  देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Skip This
Skip This
Logo