ओलीले किन मागे घनश्याम भुसाल र भीम आचार्यलाई सदस्यमा मत?

ओलीले किन मागे घनश्याम भुसाल र भीम आचार्यलाई सदस्यमा मत?

केन्द्रबिन्दु
0
Shares

आफूले बन्दसत्रमा सार्वजजिक गरेको सूचीमा पदाधिकारीमा नअटाएका नेताद्वय घनश्याम भुसाल र भीम आचार्यलाई केन्द्रीय सदस्यमा भने केपी ओलीले मत मागेका छन्।

पदाधिकारीमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेद्वारको नाम केन्द्रीय सदस्यमा पनि छ। ओलीले आफूसहित आफूले सार्वजनिक गरेका पदाधिकारी सूचीमा भएकालाई केन्द्रीय सदस्यमा मत नदिन भनेका छन्। 

मतदानस्थलमा बाँडिएको पर्चामा नेता भीम रावललाई अध्यक्ष र सदस्य दुवैमा मत नहाल्न उल्लेख छ। तर, आफ्नो सूचीभन्दा बाहिरबाट उपाध्यक्ष र सदस्य पदमा उम्मेद्वार कायम भएका भुसाललाई भने सदस्यमा चैँ मतदान गर्न भनिएको छ।

त्यसैगरी सचिव र सदस्य पदमा उम्मेद्वारी कायम भएका टंकप्रसाद कार्कीलाई पनि दुवै पदमा मत नदिन ओलीका तर्फबाट सार्वजनिक गरिएको पर्चामा उल्लेख छ। तर, उपाध्यक्षका उम्मेद्वार भुसाल र सचिवका उम्मेद्वार भीम आचार्यलाई भने सदस्यमा मत दिन आह्वान गरिएको छ। 

ओलीले सार्वजनिक गरेअनुसार पदाधिकारीमा उम्मेद्वारी दिएका सबैलाई खुला सदस्यमा भने मत नदिन भनिएको छ।  

मतदान स्थलमा ओलीका तर्फबाट बाँडिएको पर्चामा केन्द्रीय सदस्यको सूचीको क्रम संख्या ३० नम्बरमा रहेका भुसाल र ६१ नम्बरमा रहेका आचार्यलाई मत दिन भनिएको छ भने ३७ नम्बरमा रहेका कार्की र ६३ नम्बरमा रहेका रावललाई भने मत नदिने उल्लेख गरिएको छ। 

यसले कार्की र रावललाई केन्द्रीय कमिटीमा नअटाउन चाहेको र भुसाल र आचार्यलाई भने केन्द्रीय कमिटीमा ओलीले देख्न चाहेको अर्थमा एमालेका नेताहरूले बुझेका छन्।न्युज कारखाना

Skip This
Skip This
Logo