एमाले महाधिवेशन: २०९६ मत खस्यो, अब मतगणना सुरु हुने

एमाले महाधिवेशन: २०९६ मत खस्यो, अब मतगणना सुरु हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कदम पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरु हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरु हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

Logo