भीम रावलको घोषणा: अध्यक्षमा निर्वाचित नभए कुनै पनि कमिटीमा बस्दिन

भीम रावलको घोषणा: अध्यक्षमा निर्वाचित नभए कुनै पनि कमिटीमा बस्दिन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतह: पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका हुन् । मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिए लगत्तै उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्‍याउँदै त्यसमा शपथ लिन नसक्ने पनि स्पष्ट पारे । अध्यक्षका उम्मेदवार रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए शपथ लिन्छु । अरूमा त मैले भरेकै छैन भन्ने कुरा मेरो यथावत् छ । अव प्रतिनिधिहरूले मत दिएनन् भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरो लागि । त्यो त केही छैन ।’

रावलले पार्टीको आठौँ महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले शपथ नलिएको पनि स्मरण गराएका छन् । उनले महाधिवेशनको मत परिणाम २ घण्टा भित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । 

Skip This
Skip This
Logo