सप्तरीमा एक कोरोना सङ्क्रमितको घरमै निधन

सप्तरीमा एक कोरोना सङ्क्रमितको घरमै निधन

केन्द्रबिन्दु
0
Shares

सप्तरी ।

सप्तरीमा कोरोना सङ्क्रमित विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरक फरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट पारेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको बताए भने कोभिड–१९ को सप्तरीको तथ्याङ्क राख्ने सोही कार्यालयका मलेरिया इन्स्पेटर नारायण राउत बरैले गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी दिए।

नौ दिन अघि नरिबलको रुखबाट लडेर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भदौ २९ गते पिसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई राजविराज वा धरानस्थित आइसोलेशन केन्द्रमा बस्ने सुझावसहित अस्पतालले पठाएकामा परिवारले घरमै आइसोलेशनमा राखेको थियो ।

नेपाली सेनाको भीमदल गणको टोलीले गाउँमै शव व्यवस्थापन गरेको मृतकका भतिजा भूपेन्द्रप्रसाद यादवले बताए। यो समेत सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ ।

नगर प्रमुख सङ्क्रमित

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको विभिन्न वडामा एकै दिन भएको नौ कार्यक्रममा सहभागितापछि पिसीआर परीक्षण गराएका हनुमाननगर कङ्कालिनी नगरपालिकाका नगर प्रमुख र उनको चालकमा सङ्क्रमण देखिएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का ४२ वर्षीय नगर प्रमुखसहित परिवारका सात जनाको स्वाब परीक्षण गराएकामा आफू र राजविराज निवासी चालकमा कोरोना सङ्क्रमण देखिएको नगर प्रमुखले जानकारी दिए। नौ वटा निर्माण कार्यको उद्घाटन कार्यक्रमपछि परिवारसहित जनकपुर गएका नगर प्रमुखले गत असोज ३ गते पिसीआर परीक्षणका लागि दिएको स्वाबको रिपोर्ट आज पोजेटिभ आएको हो ।

Skip This
Skip This
Logo