इतिहासमा आजः प्रधानमन्त्रीमा भुट्टाेको सपथ, नेपोलियन बोनापार्ट फ्रान्सको सम्राट घोषित

इतिहासमा आजः प्रधानमन्त्रीमा भुट्टाेको सपथ, नेपोलियन बोनापार्ट फ्रान्सको सम्राट घोषित

केन्द्रबिन्दु
0
Shares

आज २ डिसेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

बेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री
सन् १९८८ मा पाकिस्तानकी महिला नेतृ बेनेजिर भुट्टोले प्रधानमन्त्रीको सपथ लिएकी थिइन् । उनी उनी मुस्लिम धर्म मान्ने देश पाकिस्तानको पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री हुन् । उनी सन् १९८८ को १६ नोभेम्बरदेखि सन् १९९० को अगस्टसम्म पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का तर्फबाट पहिलोपटक  प्रधानमन्त्री भएकी थिइन् । 

पहिलो पटक कृत्रिम प्रत्यारोपण
सन् १९८२ मा मुटुको पहिलो कृत्रिम प्रत्यारोपण भएको थियो। अमेरिकी नागरिक बार्ने क्लार्क स्थायी रुपमा कृत्रिम मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्ति हुन्। उनको अमेरिकास्थित उताह मेडिकल सेन्टरमा शल्यक्रिया गरी मुटु प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि क्लार्क ११२ दिन बाँचेका थिए।
 
नेपोलियन बने फ्रान्सका सम्राट
सन् १८०४ मा नेपोलियन बोनापार्ट फ्रान्सको शासक बनेका थिए। फ्रान्सेली क्रान्तिको समयमा सेना बनेका उनी जीवनको उत्तर्राद्धमा आफ्नो युगको प्रभावशाली व्यक्ति बनेका थिए। 

ब्रिटेनी स्पेर्यसको जन्म 
आज अर्थात सन् १९८१ को २ डिसेम्बरमा आधुनिक पप साम्राज्ञी अमेरिकी गायिका ब्रिटेनी स्पेयर्सको जन्म भएको थियो। ब्रिटेनीले हजारौं गीत गाएकी छिन्। १९९९ मा उनको पहिलो एल्बम  वेबी वन मोर टाइम सार्वजनिक भएको थियो। 

न्युयोर्क विमानस्थलमा ढोका खोलियो
सन् १९३९ मा न्युयोर्कस्थित लागार्डिया विमानस्थलको ढोका खोलिएको थियो। न्युयोर्कका मेयर फिओरेलो ला गार्डियाको स्मरणमा विमानस्थलको नाम राखिएको थियो। 

Logo