डुंगा दुर्घटनामा २९ बालबालिकाको मृत्यु

डुंगा दुर्घटनामा २९ बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ। नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन्। दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ। 

क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनाग्रत डुंगामा ५० भन्दाबढी यात्रु थिए। 

नाइजेरियामा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन्। दुई साताअघि जीगावा राज्यमा एउटा डुंगा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो।एजेन्सी

Skip This
Skip This
Logo