पीएसजी रोकियो, शीर्ष स्थानमा १२ अंकको अग्रता

पीएसजी रोकियो, शीर्ष स्थानमा १२ अंकको अग्रता

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ। स्टार खेलाडी नेयमार चोटका कारण उपलब्ध नभएको खेलमा पीएसजी घरेलु मैदानमा निससँग गोलरहित बराबरीमा रोकिएको हो।

पार्क डेस प्रिन्सेसमा बल पोसेसन बलियो बनाए पनि पीएसजी गोल गर्न असफल भएको हो। भर्खरै सातौं पटक कीर्तिमानी बोलोन डि ओर जितेको मेस्सीसहित केलियन एम्बाप्पे र एन्जन डि मारिया अग्रपंक्तिमा गोल गर्न चुकेका थिए।  

बराबरीसँगै पीएसजी १६ खेलबाट ४१ अंक साथ शीर्ष स्थानमा छ। निस २७ अंक जोडेर चौथो स्थानमा छ।

Skip This
Skip This
Logo