चेल्सी, सिटी र लिभरपुलको जित

चेल्सी, सिटी र लिभरपुलको जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुलले हात पारेका छन्। राति भएको १४औँ चरणको खेलसँगै तीनै टोलीले उपाधि सम्भावना कायमै राखेका छन्।

जितसँगै चेल्सीले शीर्ष स्थानमा कायम राखेको छ भने सिटी र लिभरपुलले चेल्सीलाई पछ्याइरहेका छन्। भ्रमणकारी टोली चेल्सीले बाटफोर्डलाई २–१ अन्तरले पराजित गर्‍याे। चेल्सीको दशौं जितमा मासोन माउन्टले २९ मिनेट र हाकिम जिएचले ७२ मिनेटमा गोल गरे। बाटफोर्डको लागि इमानुयल डेनिसले ४३औँ मिनेटमा सान्त्वना गोल गरे। 

अर्काे खेलमा घरेलु टोली एष्टन भिल्लालाई म्यानचेष्टर सिटीले २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा यथावत रह्यो। सिटीको जितमा रुवेन डियासले खेलको २७औँ र बर्नाण्डो सिल्भाले ४३औँ मिनेटमा गोल गरे। स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको भिल्लाको लागि ओलीइ वाट्किन्सले ४७ मिनेटमा  गोल गरेपनि टोलीको हार टार्न सकेनन्।

लिभरपुलले घरेलु टोली एभर्टनलाई २–१ ले पराजित गर्‍याे। लिभरपुलको जितमा मोहम्मद सलाहले २ तथा जोर्डन हेण्डर्सन र डिअगो जोटाले १-१ गोल गरे। एभर्टनको लागि डेमराई ग्रेले सान्त्वना गोल गरे।

अन्य खेलमा साउथह्याम्पटन र लेष्टर सिटीले २-२ को बराबरी खेल्दा वेष्ट ह्याम युनाईटेड र ब्राईटनले १-१ गोलको बराबरी खेले भने उल्भ्सले बर्नलीसँग गोलरहित बराबरी खेल्यो।  

खेलसँगै चेल्सी १४ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा छ। ३२ अंकसहित सिटी दोस्रो स्थानमा छ भने लिभरपुल ३१ अंक सहित तेस्रो स्थानमा छ। वेष्ट ह्याम समान खेलबाट २४ अंक सहित चौथो स्थानमा छ।

Skip This
Skip This
Logo