गुहेश्वरी मर्चेन्ट बैंकिङकाे लाभांश घोषणा

गुहेश्वरी मर्चेन्ट बैंकिङकाे लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

कम्पनीको १५ मंसिरमा बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्न सक्नेछन्। फाइनान्सको हाल चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ रहेको छ। 

लगानीकर्तालाई १० प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि फाइनान्सको चुक्ता पुँजी ९५ करोड ४ लाख रुपैयाँ पुग्नेछ।

Skip This
Skip This
Logo