विद्यालयलाई सहयोग जुटाउँदै पूर्वविद्यार्थी

विद्यालयलाई सहयोग जुटाउँदै पूर्वविद्यार्थी

केन्द्रबिन्दु
0
Shares

तनहुँको भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययरत पूर्वविद्यार्थी विद्यालयलाई सहयोग जुटाउन कस्सिएका छन् । अङ्ग्रेजी माध्यमबाट विद्यालय सञ्चालन गराउन आवश्यक पर्ने रकम जुटाउन उनीहरुले अभियान नै सुरु गरेका  हुन् ।  

अङ्ग्रेजी माध्यममा पठनपाठनका लागि विद्यालयको आर्थिक स्रोतले नभ्याउने भएपछि सहयोग सङ्कलन अभियान थालिएको पूर्वविद्यार्थी मञ्चका अध्यक्ष गलबहादुर गुरुङले जानकारी दिए । उहाँका अनुसार मञ्चको आग्रहमा हालसम्म डेढ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । वार्षिकरुपमा एक लाख रुपैयाँ बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र त्यसका लागि विद्यालयको आर्थिक स्रोतले नसकिने भएपछि पूर्वविद्यार्थी कोष स्थापना गरी अभियान थालिएको गुरुङले बताए । 

बुधबार मात्र भानु–१२ आहाले घर भई अमेरिकामा रहनुभएका राजुविक्रम अधिकारीले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै भानु –१३ तीनघरे घर भई सोही देशमा रहनुभएका राजु अधिकारीले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। यसअघि विभिन्न व्यक्तिबाट प्राप्त  ६० हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिसकिएको मञ्चका सचिव रामकृष्ण कुँवरले जानकारी दिए ।

हालसम्म पोखरीछाप घर भई अष्ट्रेलिया रहेका प्रेम गुरुङले २५ हजार, खड्कागाउँका प्रकाश थापाले दश हजार रुपैयाँ बर्खौलाका प्रेम गुरुङले पाँच हजार ५००, पुलिमराङका युवराज गुरुङले पाँच हजार, महम्मद तालिम मियाले पाँच हजार पाँच, मोहोरिया खड्कागाउँ घर भई दुवई रहेका रविन खड्काले दश हजार रुपैयाँ सहयोग गरेका छन् । 

Logo