विदेशी खेलाडी अजयी मार्टिन्सको ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लब स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा नवप्रवेसी सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफ माथि ४-१ अन्तरको सानदार जित निकालेको हो।
सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक गोल गरे। सातदोबाटोका डिफेन्डर करन रावतको आत्माघाती गोल गरे।
सातदोवाटोका लागि ४२औं मिनेटमा मार्टिन्जले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मार्टिन्जले सातदोबाटोको अग्रता दोब्बर बनाए।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा २–० को नतिजामा पछाडि परेको एपीएफका लागि ४९औं मिनेटमा विक्की तामाङले पहिलो गोल गरे। त्यसको एक मिनेट नबित्दै सुशील राईले सातदोबाटोका लागि तेस्रो गोल गरे।
खेलको ५८ मिनेटमा मार्टिनले ह्याट्रिक पूरा गरे। जारी शीर्ष डिभिजन लिगमा यो पहिलो ह्याट्रिक हो। उनी नै खेलको म्यान अफ दि म्याच भए।
जितसँगै सातदोबाटो ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा छ। यता लगातार तेस्रो हारसँगै एपीएफ पुछार अर्थात् रेलिगेसन जोनमा छ। शनिबार लिगमा दुई खेल हुनेछन्।





























प्रतिक्रिया