कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका शाही विजयी

कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका शाही विजयी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन्। शाही संस्थापन (सभापति शेरबहादुर देउवा)समूहका हुन्। कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलले ७ मत प्राप्त गरेका छन्। खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ। भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल)समूहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समूहका हुन्।

सभापतिबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदको मतगणना भइरहेकाे छ।

Skip This
Skip This
Logo