सवारी दुर्घटनाः बाजुरामा दुई जनाको मृत्यु, चितवनमा ६ जना घाइते

सवारी दुर्घटनाः बाजुरामा दुई जनाको मृत्यु, चितवनमा ६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चार जना घाइतेमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ। घटनामा मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अटो चालक भने फरार रहेका छन्।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आइतबार दुर्घटनामा परेको हो। अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ। 

बस र एम्बुलेन्स ठक्करबाट ६ जना घाइते
भरतपुर महानगरपालिका–१५ रामपुरमा बस र एम्बुलेन्स ठक्कर खाँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट शारदानगरतर्फ जाँदै गरेको ना६ख ९४५८ नंको बसमा सोही दिशातर्फ बिरामी पुर्याउन जाँदै गरेको वाग्मती प्रदेश ०१–०२३ च ९९९ नंको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिएको थियो। 

ठक्करबाट एम्बुलेन्समा सवार चालकसहित ६ जना घाइते भएका हुन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। दुईको मध्यम र तीन जनाको अवस्था सामान्य रहेको छ। घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

Skip This
Skip This
Logo