इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाईटेडकाे संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाईटेडकाे संघर्षपूर्ण जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले संघर्षपूर्ण जित निकालेको छ। आइतबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई १-० कठीन जित निकालेको हो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जिताउन फ्रेडले अन्तिम समयमा निर्णायक गोल गरे।

ब्राजिलियन सेन्ट्रल मिडफिल्डर फ्रेडले खेलको ७७औं मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि पर्याप्त रह्याे।

युनाइटेडले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो। क्रिष्टियानो रोनाल्डो, जाडोन सान्चो, मार्कस रासफोर्ड र ब्रुनो फर्नान्डेसका केही राम्रा प्रहारलाई क्रिस्टल प्यालेसका डिफेन्डर र गोलरक्षकले बिफल बनाइदिएका थिए।

जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैठौं स्थानमा उक्लिएको छ। पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औं स्थानमा छ।

Logo