सात महिनाअघि नै हाउस वाइरिङ तर विजुली आउने अत्तोपत्तो छैन

सात महिनाअघि नै हाउस वाइरिङ तर विजुली आउने अत्तोपत्तो छैन

केन्द्रबिन्दु
0
Shares

सिगास गाउँपालिका-१ का बासिन्दाले हाउस वाइरिङ गरेको सात महिना पुग्नै लाग्याे। तीन सय घरधुरी रहेको यस वडामा दुई वर्ष अघिदेखि नै विद्युत विस्तार सुरू भएकाे हाे। त्यसबेला छिट्टै बिजुली बत्ती बाल्न पाइन्छ भनेर स्थानीयवासी निकै खुसी बनेका थिए। तर, उनीहरूकाे त्याे खुसी अझैसम्म पनि पुरा भएकाे छैन्। चाडै बिजुली बत्ती बल्ने आश्वासनपछि हाउस वाइरिङसमेत गरेका स्थानीय अहिले भने निराश छन्। किनकी अझै कहिले बत्ती बल्छ भन्ने अत्तोपत्तो छैन।

स्थानीय रामबहादुर महराका अनुसार याे वडा जयपृथ्वी राजमार्गसँगै जोडिएको छ। याे वडासँगै सीमा जाेडिएकाे सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा भने बिजुली छ। तर, यही वडामा विद्युत छैन्। तार र पोलहरू केही ठाउँमा जडान गरिएका छन् भने धेरैजसो तार र पोल अलपत्र छन्।

सिगास-१ मा बिजुली नआउँदा धेरै नै समस्यामा भएकाे स्थानीय राजबहादुर चन्दले बताए। उनले भने, ‘बिजुली आउँदैछ भनेर हामीले घरमा भएका सोलार समेत हटायौँ। केही मर्मत गर्नुपर्ने सोलार मर्मत नगरी छाड्दा त्यसै बिग्रिए। र अहिले मट्टीतेलबाट टुकी र सल्लाको दियो बालेर रात कटाउन थालेका छौँ।’

स्थानिय महाविर बिकले बिजुली अभावमा मोबाइल चार्ज गर्नसमेत गाडी चढेर अन्यत्रै जानुपर्ने बताए। घर नजिक गाडेका पोलहरू र जडान गरिएको तार अहिले लथालिंग भएको छ भने, टान्सफर्मर ल्याएर प्रयोगविहिन भएको बताए। 

गाउँमा विद्युत आइहाल्छ भनेर केही स्थानियवासीले वाइरिङ गर्नुका साथै मिटरबक्ससमेत किनेर ल्याइसकेका छन्। स्थानीय वीरबहादुर चन्दले भने, ‘घर र पसलका लागि दुई वटा मिटरबक्स खरिद गरेर ल्याएको छु। मिटर बक्स किनेकै दिन देखिको न्युनतम् महसुल समेत तिर्नुपर्ने हुन्छ । तर, बिजुली अझै बलेको छैन्। कहिले बल्छ त्यो पनि केही थाहा छैन। हाम्रो यहाँ हरेक काममा ढिलाइ हुने गरेको छ। विद्युत प्राधिकरणमा कुलमान घिसिङ आएपछि राम्रो गर्लान भन्ने लागेकाे थियाे तर केही फरक भएन।' 

यता, सिगास गाउँपालिका-१ मा आगामी दुई महिनाभित्रै विद्युत बल्ने सम्भावना रहेको वडा अध्यक्ष गगनसिंह धामीले बताए। उनले भने, ‘आवश्यक सामान ल्याइसकेका छौँ। तर, बिजुली बल्न बाँकी नै छ। अब विद्युत प्राधिकरणले जिम्मा लिइसकेपछि जनप्रतिनिधिको भूमिका खासै रहदैन् । प्राधिकरणबाटै ढिलाइ भएको हो। अब सम्बन्धित निकायलाई घचघच्याएर विद्युत विस्तारमा ध्यान दिन्छु।’

६ महिनाभित्र सिगास गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म विद्युत सेवा सुचारु गरिसक्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए।न्युज कारखाना

Skip This
Skip This
Logo