शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।

आज दुई सय २७ कम्पनीकोे ६९ हजार आठ सय ८८ कित्ता शेयर खरिदबिक्री हुँदा कुल चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैयाँको कारोबार भएको छ। कारोबारको आधारमा सबैभन्दा बढी नविल बैंकको शेयर काराेबार भएको छ। यस बैंकको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।      

आज सबै समूहको सूचकमा हरियाली छाए पनि तीन दशमलव ४५ प्रतिशतभन्दा माथि पुग्न सकेका छैनन्। आज उच्च नाफा कमाउनेमा मेरो माइक्राे फाइनान्स वित्तिय संसथाका लगानीकर्ताहरू रहेका छन्। यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। 

त्यस्तै, आज जनउत्थान सामुदायिक लघुवित्त र न्यादी हाइड्रो पावरको शेयर मूल्यमा उच्च गिरावट आएको छ। जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ।

Skip This
Skip This
Logo